बुधबारको तथ्याङक अनुसार रौतहटमा थप २२ जनामा कोरोना

92

रौतहट । असोज २१ गते
रौतहटमा बुधबारका दिन थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्याङक अनुसार थप २२ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप २२ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १९ सय ८ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १९ सय ८ पुगेको उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार हाल क्वारेन्टिनमा बस्नेको संख्या शुन्य छ भने १३ हजार ३ सय ७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ४ सय १९ आईसोलेशन बेड रहेकोमा ३१ महिला र १२० पुरुष गरी जम्मा १५१ जना हाल आईसोलेशनमा रहेका छन । आईसोलेशनबाट १७ सय ५० जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २२ हजार १ सय ३३ जनाको स्वाब संकलन गरीएकोमा १९ हजार ४ सय ३२ जनाको रिपोट नेगेटिभ र १९ सय ८ जनाको पोजेटिभ रहेको अझै ७ सय ९३ जनाको रिपोर्ट आँउन बाँकी रहेको जनाएको छ । रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ८ रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.