वीरगन्जबाट ६ जना नक्कली इस्पेक्टर सहित २७ जना पक्राउ

194

बीरगन्ज १४ असोज – पर्साको बीरगन्ज महानगरपालिका वडा नं १६ बुधबार २७ जना पक्राउ परेका छन् । नेपाल प्रहरी तथा अनुसन्धान ब्युरोका विभिन्न पदमा जागिर लगाईदिने भन्दै किर्ते परिक्षा सञ्चालन गर्ने ६ परिक्षार्थीहरु २ महिलासहित २१ जना पक्राउ परेका हुन् । नक्कली ईन्स्पेक्टर बनेर महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा प्रहरीले छापामारी गरि पक्राउ गरेको हो । जागिर लगाईदिने भन्दै लाखौँ ठगी गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार विगत लामो समयदेखि उक्त पार्टि प्यालेसमा ठगीधन्दा सञ्चालित थियो । गोप्य रुपमा यसरी परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलिले नक्कली ईन्स्पेक्टर सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले घटनाका बारेमा पुष्टि गरेपनि विस्तृत जानकारी दिन मानेको छैन । पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले केही व्यक्तिहरुलाई पक्राउ गरेको बताएपनि बिहीबार मात्रै घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताएका छन् ।

खबर nepalpostdaily.com बाट

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.