युवा बिधार्थी संघर्ष समितिको आकस्मिक रक्तदान कार्यक्रम सिम्रौनगढ़मा सम्पन्‍न

120
नूर आलम बादशाह, असोज १४ गते,
युवा बिधार्थी संघर्ष समिति प्रदेश नम्बर २ को आयोजनामा बुधबार सिम्रौनगढ़को कंकाली माविमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी बीरगंज शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १ महिला सहित २३ जनाले रक्तदान गरेका छन् ।
समितिका उपाध्यक्ष सनी गुप्ताले संघर्ष समितिले सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
रक्तदान कार्यक्रम ब्लड बैंक रेडक्रॉस पर्साका उपमंत्री साबिर अहमद एराज र VCN बाराका जिल्ला संजोजक रंजित कुशवाहाले रक्तदान गरेपछि कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा शेख मोतिम, अजित कुमार, संतोष कुमार, मेवलाल प्रसाद, शनि कुमार गुप्ता, अरबिन्द प्र.यादव, कुन्दन कुमार जैसवाल, सचदेव राय यादव, चन्दन कुमार जैसवाल, राकेश कुश्वहा, शान्ति देवि, अनिश कुमार कर्ण, रवि कुमार मह्तो, मुस्तुफा अन्सारी, गुडु कुमार, राजवीर कुशवाहा, नवीन कुमार चौधरी, रबिन्द्र कुमार, करण कुमार कुश्वाहा, उपेन्द्र पंडित, रामबिश्वास कुमार कुश्वाहा, रबिन्द्र राम, सन्दिप कुमार लगायतका दाताहरुले रक्तदान गरेका छन्।
उक्त कार्यक्रममा रेडक्रॉसका उदयराज शर्मा ,धीरेन्द्र झा लगायत स्थानिय सँघ सँस्थाका प्रमुख तथा प्रतिनिधहरु अतिथि रहेका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.