मृतक सदस्य को परिवारलाइ निर्धन सिम्रौनगढ शाखाद्वारा तत्काल काजकिरिया रकम बितरण

113


नुर आलम बादसाह,
श्रावण २९,सिम्रौनगढ ,बारा
निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड बारा सिम्रौनगढ शाखाले आफ्नो समूह सदस्य को श्रीमान को मृत्यु लगतै श्रावण २९ गते केही घण्टा मा नै घर मा पुगि परिवार लाई काजकिरिया खर्च बितरण गरेको छ।
आदर्श कोतवाल गाउपालिका वडा न ८ स्थित जमुनिया मा रहेको समूह कि सदस्य श्रीमति बबिता देवी कर्ण को श्रीमान विजय कुमार लाल कर्णको आज श्रावण २९ गते मृत्यु पश्चात् उनको दाहासस्कार समेत गर्न आर्थिक अभाब देखिएपछी
सिम्रौनगढ शाखा बाट शाखा प्रमुख हसमुदिन मिया ,कर्मचारी उजय प्रसाद ,समूह सदस्य लगायत स्थानीय बुद्धिजीवी को उपस्थिती मा कागजी प्रक्रिया मिलाएर शाखा प्रमुख मिया ले मृतक अभिभावकको श्रीमती बबिता देवी कर्णलाई रु १० हजार रकम हस्तान्तरण गरेका थिए।
मृतक सदस्य २३ बर्ष देखि सस्था मा आबद्ध रहेकी थिइन। काजकिरिया खर्च बितरण गर्दै शाखा प्रबन्धक मिया ले मृतक सदस्य प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रती धैर्यधारण गर्ने शक्त्ती प्रदान होस भन्दै कामना गरेका थिए।कागजी प्रक्रिया पुर्याएर जति सक्दो छिटो बिमा रकम समेत बितरण गर्ने मियाले बताए।मृतक सदस्य ले रु ३ लाख रुपैया कर्जा लिएकि थिइन। काजकिरिया रकम बितरण कार्यक्रम को सहजिकरण उजय प्रसाद यादवले गरेका थिए।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.