मन्दिरका लागि युवा नेता सदाम अंसारीले गरे जस्ता पाता सहयोग

283

नूर आलम बादशाह, असोज २० गते,

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ५ रुपौलिया स्थित एक मन्दिरमा रहेको घरको लागि जस्ता पाता सहयोग गरिएको छ ।

मन्दिरमा रहेको घरको अवस्था अत्यन्तै जीर्ण र चुहिने अवस्थामा रहेकाले घरमा छाना लगाउन सहयोग पुर्याउने उदेश्यले जस्ता पाता वितरण गरिएको बताइएको छ ।

मंगलबार मन्दिरको प्रांगण मै गएर युवा नेता सदाम अन्सारीले घरमा आवश्यक पर्ने ४३ थान कर्कट पाता र काँटी उपलब्ध गराईएको सदामका पिता एवं पूर्व गाविस अध्यक्ष सफी महमद अन्सारीले बताएका छन् ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै हामीले गरेको सानो सहयोगले मंदिरको चुहिने घरमा छाना फेर्न सकिन्छ भन्दै संकल्पका साथ सहयोग गरिएको अन्सारीले बताएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.