बीरगन्जस्थित कुम्हाल टोलमा मृत फेला परेका व्यक्तिमा कोरोना पुष्टि

54


बारा, २८ गते – बीरगन्जस्थित कुम्हाल टोलमा मृत फेला परेका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।
हिजो मृत भेटिएका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाहीका ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले बताए ।
हिजो दिउँसो करिब साढे तीन बजे तिर बीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा सामुदायिक प्रहरी कार्यालय नजिकै कुम्हाल टोल जाने बाटोमा मृत फेला परेका ठाकुरको पिसिआर परिक्षणको रिपोट पोजेटिभ आएको कुवँरले जानकारी दिए ।

अत्याधिक मदिरा सेवन गरेर लडिरहेको अवस्थामा ठाकुर मृत फेला परेको प्रहरी नायव उपरिक्षक कुवँरले बताए ।

पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा सो क्रममा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ रिपोट आएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.