बारामा भारतबाट ल्याएको ४० बोरा अवैध रासायनिक मल बरामद

387


७ भदौ, । बारामा भारतबाट तस्करी गरेर ल्याएको रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ ।

आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाको अन्तर्गतका ४ वटा सिमा नाका अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ४० बोरा रासायनिक मल बरामद गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बरामद मल वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी छ ।

निषेधाज्ञाको समयमा पनि खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी जारी रहेको र मानिसहरु पनि ओहोर दोहोर गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनमा गएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.