बारामा चोरीको समान सहित दुई जना पक्राउ

259


रामाशंकर कुशवाहा बारा,२२ भदौं –बाराको महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिर छेवमा रहेको राधेश्याम दासको कसमेटिक पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जयसवालको पसलमा यहि भदौं २० राती चोरी भएको थियो ।
पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका वडा नं. १ निवासी २० बर्षिय भोला भनिने निलेश जयसवाल र १८ बर्षिय रुसतम अंसारी रहेको बरियारपुर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक प्रमोद साहले बताउनुभयो । प्रहरीले सोधपुछको क्रममा उनीहरुले दिएको व्यानको अधारमा चोरीको समान पनि बरामद गरेको छ ।
उनीहरुले चोरी गरी सके पछि सम्पूर्ण समानलाई बन्द अवस्थामा बरियारपुरमा रहेको कृषि संस्थानको भवनमा लुकाएको थियो । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियारपुरको सयुक्त टोलीले चोरी भएको दुई दिन भित्र समान सहित उनीहरुलाई पक्राउ गरेको हो । चोरहरु पसलको सम्पूर्ण समान चोरी गरी लगेको दुई दिनमै प्रहरी उनीहरुलाई समान सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.