बाराको बेनौलीबाट स्रोत नखुलेको सोह्र लाख बरामद

362


बारा, ६ भदौै- बाराको बेनौलीबाट प्रहरीले स्रोत नखुलेको सोह्र लाख बरामद नेपाली रुपैंया बरामद गरेको छ । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली स्थित सडकखण्डबाट आज बिहान ८ बजे प्रहरीले सो परिमाणको रकम बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले चेकिङ्ग गर्ने क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएका मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा रकम बरामद भएको बारा प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा चालकले आफ्नो साथमा बोकेको रातो पहेलो रंगको झोला फाली मोटरसाइकलसहित फरार भएकोमा प्रहरी चेकिङ्ग टोलीले उक्त झोला नियन्त्रणमा लिई खोली हेर्दा सोह्र लाख रकम बरामद गरेको हो । नेपाली रुपैंया हजारको ७६२ थान र पाँच सयको १६७६ थान गरी जम्मा नेपाली रूपैंया सोह्र लाख फेला परेको प्रहरीले जनाएको छ ।

उक्त रकम फाली फरार रहेका मोटरसाइकल तथा चालकलाई खोज तलास गर्ने लगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको बरामद रकम सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.