बाराको पचरौताका एकै वडाका ११ जनासहित १४ जनामा संक्रमणको पुष्टि

54

धिरेन्द्र तिवारी

बारा, २८ साउन – बारा जिल्लामा एकै वडाका ११ सहित १४ जनामा संक्रमणको पुष्टि भएको छ ।

बाराको पचरौता नगरपालिकाको वडा नं. १ पिपरापातीका ११ जनामा संक्रमण पुष्टि भएको हो । एक ६ वर्षीय बालिका र ८ वर्षीय बालकमा पनि संक्रमणको पुष्टि भएका छन् । संत्रमित मध्ये ५ जना महिला रहेका छन् ।

 

संक्रमण पुष्टि हुनेमा पिपरपातीका वर्ष ५५, ३५, ६५, ४५, ६, २१, ५२, ४५, २०, ८ र ३० गरी एकै वडाका ११ जना रहेका छन् । यस्तै, सोही नगरपालिकाको वडा नं. ७ बेनौलीका ४० वर्षीय पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ । त्यस्तै, भारत घर भई पिपरपातीमा काम गर्न बसेका ६० वर्षीय पुरुष र उनका साहुमा पनि संक्रमणको पुष्टि भएको छ ।

 

गत साउन २३ गते पचारौता नगरपालिकाका १८ जनाको स्वाब संकलन गरी हेटौंडास्थित प्रयोगशालामा पिसिआर परिक्षणका लागि पठाइएकोमा आज १४ जनाको रिपोट पोजेटिभ आएको प्रहरी चौकी पिपरपाती बाराका प्रहरी हवल्दार विनोद ठाकुरले बताए । संक्रमितहरुलाई कलैयास्थित आइसोलेसनमा पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.