बाराको देवताल गाउँपालिका अध्यक्ष चन्दन सिंहद्वारा उत्कृष्ट बिधार्थीहरुलाई ल्यापटप बितरण

119
नूर आलम बादशाह, असोज १२ गते,
बाराको देवताल गाउँपालिका प्रमुख चन्दन सिंहले गाउँपालिका अंतर्गतका
सामुदायिक बिधालयहरुको कक्षा ८ तथा कक्षा ९ को शैक्षिक पत्र २०७६ को अन्तिम परीक्षामा प्रथम, दोस्रो, तथा तेस्रो भएका बिधार्थीहरुलाई एक कार्यक्रमका बिच पंद्रह वटा ल्यापटप बितरण गरेका छन । देवताल गाउँपालिका अंतर्गत पर्ने नेरामावि पीपरढी, इन्द्रदेव निमावि, रौवाही नेरामाविका उत्कृष्ट छात्र छात्राहरुलाई लैपटॉप बितरण गरिएको हो।
बिधार्थीहरुको शिक्षामा प्रोत्साहन तथा सहयोग मिलोस भनेर ल्यापटप बितरण गरिएको अध्यक्ष सिंहले बताए ।
देवताल गाउँपालिकामा शिक्षा मोडलको रुपमा बिकास गर्दै लैजाने योजना रहेको अध्यक्ष सिंहको भनाई रहेको छ । बिधार्थीहरुलाई उपलब्ध गराएको लैपटॉपलाई भरपुर प्रयोग गर्न आग्रह गर्दै उज्जवल भविष्यको कामना समेत अध्यक्ष सिंहले गरे।
शिक्षालाई रुपान्तरण गरि प्राबिधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा बिकास गर्न नसके सम्म पालिकाको समग्र बिकास हुन नसक्ने भएकाले त्यसका लागि हामी सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
बिधार्थीहरुलाई प्रबिधिमैत्री बनाउन सकियोस भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि बिधार्थीको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए।
उक्त कार्यक्रममा बोल्दै रौवाही माध्यामिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद साहले समाग्री सहयोग गर्ने गाउँपालिका अध्यक्ष चन्दन सिंहलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न सल्लाह दिनु भएको थियो ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरु, गाउँपालिकाका कर्मचारी, पत्रकार तथा अभिभावक र बिद्यार्थीहरुको रोहबरमा उक्त लैपटॉप वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुब्बा अभिनन्दन प्रसाद साहले गरेका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.