बाराको कचोर्वामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

91

नूर आलम बादशाह, सिम्रौनगढ़ बारा, आसोज ९ गते शुक्रबार
शान्तिका लागि साझा अभियान कोक्यापले बाराको सिम्रौनगढ़ नगरपालिका वडा नम्बर ८ को कार्यालय भवन कचोर्वामा आज गुणस्तरीय स्वास्थ्य तथा शिक्षाको सवालमा सरोकारवाला निकाय र युवाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
न्यू योंग स्टार क्लब, युवा सुचना केन्द्र सिम्रौनगढ़ र रेडियो बादलको सहकार्यमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा सिम्रौनगढ़ नगरपालिकाको शैक्षक स्तर अभिवृद्धि गर्ने, प्राविधीक शिक्षामा जोड दिने, शिक्षा सुधारका कार्यक्रमहरु ल्याउने र शैक्षिक गुणस्तर बढाई शिक्षित तथा दीक्षित समाज निर्माण गर्ने जस्ता कुराहरुमा छलफल गरिएको थियो । दक्ष जनशक्ति उत्पादनका लागि सार्वजनिक तथा निजी शिक्षा क्षेत्र दुबैलाई शशक्त बनाएर लैजाने र आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न सदैव लागिपर्ने प्रतिबद्धता शिक्षक संयोजक नुराजम सिद्दिकिले गर्नुभयो ।
कार्यक्रममा उपस्थित युवाहरुले विविध प्रश्नहरु सोधेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि सिम्रौनगढ़ नगरपालिकाका शिक्षा संयोजक नुराजम सिद्दीकीले उपस्थित युवाहरुको प्रश्नहरुको जवाफ दिए ।

यसै क्रममा एकजना सहभागी युवाले नेपालको बालबालिकाहरुमध्ये ठूलो हिस्सा शिक्षाको मूलधारबाट बाहिरिएको भन्दै प्राइभेट क्षेत्रका स्कूलहरुलाई पनि अनुदान दिएर भएपनि शिक्षा जस्तो मानिसको अत्यावश्यक बिषयमा गम्भीर हुन आग्रह गरें ।
गुणस्तरीय स्वास्थ्य तथा शिक्षाको सवालमा सरोकारवाला निकाय र युवाबीच अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धीमूलक भएको कार्यक्रममा सहभागी युवा बिपिन सर्राफले बताए ।
नेपालको सनदर्भमा शिक्षाको महत्व र आवश्यकताको बारे बुझ्नलाई कार्यक्रम आयोजना गरेको कार्यक्रम सञ्चालक तथा कोक्यापका स्रोत ब्यक्ति बीरबहादुर कुश्वाहाले बताए ।
युवा सुचना केंद्र, दीनबंधुनाथ युवा क्लब र समाज कल्याण युवा क्लब कचोर्वाका युवाहरुको बिशेष उपस्थित रहेको कार्यक्रमको समापन भएको घोषणा भने कार्यक्रम सञ्चालक कुश्वाहाले गरेका थिए।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.