कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

42


कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष र ११ महिला, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिम प्रदेशमा ५ पुरुष र तीन महिलाको निधन भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.