काेराेनाबाट बारामा दुई जनाकाे मृत्यु

72

बीरगन्ज, २९ साउन । काेराेना संक्रमणका कारण बारामा बिहीबार दुई जनाकाे मृत्यु भएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९७ जना पुगेको छ।
कोरोना संक्रमणका कारण बाराको प्रसौनी गाउँपालिकाका एक र जितपुर सिमरा उप महानगरपालिकाका एक पुरुषको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो।
प्रसौनी गाउँपालिका-२ प्रसौनी टोल बस्ने ६५ बर्षका दिनेश प्रसाद कलवारको कोरोनाका कारण बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो।

दमको समेत बिरामी रहेका कलवारको बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको हो।

उनको स्वाब सँकलन गरि नारायणी अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदय नारायण सिँहले जानकारी दिए ।यस्तै जिल्लाकै जितपुर सिमरा उप महानगरपालिकाका पुरुषमा पनि मृत्यु पशचात कोरोना संक्रमण पुष्टि भएको छ।

उपचारको क्रममा बीरगञ्जमा बिहीबार बिहान मृत्यु भएका जितपुर सिमरा उप महानगरपालिका ४ सिमरा टोल बस्ने ५० बर्षका शेख समिमुल हकमा कोरोना संक्रमण पुष्टि भएको हो।

चिनी र प्रेसरको बिरामी रहेका हकको बिहीबार बिहान ४ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो।उनको स्वाब संकलन गरि गरिएको पिसिआर परिक्षणमा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिँहले बताए।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.