करिब पौने सात लाख मुल्य बराबरको कपडा बरामद

446


भारतबाट अबैद्धरुपमा नेपाल भित्रयाएको मोटरसाइकल सहितको करिब पौने सात लाख मुल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले प्राप्त गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरीको टोलि परिचालन गरि ४ वटा मोटरसाइकल सहित करीब ६ लाख ७२ हजार बराबरको कपडा बरामद गर्न प्रहरी सफल भएको जानकारी गराउनु भएको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर ९ लङ्गडा चौक नजिकैबाट एउटा नेपाली नम्बर प्लेटको साथ साथै ३ वटा भारतीय नम्बर मोटरसाइकलमा कपडा ल्याउदै गरेको प्रहरीलाई देख्न बितिकै तस्करले मोटरसाइकल छाडेर भागेको अवस्थामा मोटरसाइकल सहित कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी गराउनु भएको छ ।
ना ३५ प २४४३, बि आर ०५ ओ ४०६८, बि आर ०५ एक्स ५२४० र बि आर ०५ ए ५७५१ नम्बरको मोटरसाइकलमा अबैध रूपले कपडा भित्रयाएको सूचना पाउनसाथ आफना टोलि परिचालन गरिएको र लङ्गडा चौक नजिकैबाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले बताए । यस्तै उहाले सिम्रौनगढको झरोखर पोखरीको बाटो हुँदै टाउकोमा नेपाल भित्रयाउदै गरेको रेडिमेड कपडाको साथ साथै सुर्ती समेत बरामद गरिएको बताउनु भयो ।
सीमामा सशस्त्र प्रहरीको व्यापक निगरानी बढनसाथ तस्कर समूहले टाउकोमै बोकि नेपाल भित्रयाउदै गरेको करीब २७ हजार बराबरको कपडाको साथ साथै सुर्ती बरामद गरिएको बताउनु भयो । बरामद गरिएको कपडा, मोटरसाइक, सुर्ती अवाश्यक कारवाहीको लागि भन्सार दाखिला गर्ने तयारी गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.